News Griha :: न्यूजगृह
आजदेखि बजेट अधिवेशन, हेर्नुहाेस् सम्भावित कार्यसूची

काठमाडाैं— संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुने भएको छ । संसद्का दुवै सदनको बैठक  नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज अपराह्न ४ बजे बस्दै छ ।

राष्ट्रिय सभाको १४औँ अधिवेशनको पहिलो बैठक बस्न लागेको हो । प्रतिनिधि सभाको भने यो दोस्रो अधिवेशनको पहिलो बैठक हो ।

संसद्को यो अधिवेशनबाट सरकारका नीति तथा कार्यक्रम र नयाँ बजेट पारितलगायत कार्य गरिनेछ ।

आइतबारको बैठकका लागि विभिन्न कार्यसूची तय गरिएको छ । प्रतिनिधि सभा बैठकको सुरुवातमा सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन् ।

सभामुखले नै राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री पदमा नियुक्तिसम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउनेछन् ।

त्यसपछि सभामुखले सभामुखको अनुपस्थितमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची छ ।

कानुन, न्याय संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ पेस गर्नेछन् ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आ.व. २०८०/०८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक)माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

bajet11683420076.jpg

 

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  ०६:२४
Weather Update