News Griha :: न्यूजगृह
‘गुणस्तरीय शिक्षा दिन शिक्षक गम्भीर बन्नुपर्छ’

बनेपा— नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले लोकतन्त्र प्राप्ति र संरक्षणमा शिक्षकको योगदान महत्त्वपूर्ण रहेको बताएका छन् ।

नेपाल शिक्षक संघ काभ्रेपलाञ्चोकको आज बनेपामा सम्पन्न नवौँ जिल्ला अधिवेशनमा उनले विद्यालय शिक्षालाई अझै गुणस्तरीय बनाउन शिक्षकको भूमिका विशिष्ठ भएको भन्दै थप गम्भीर बन्न शिक्षकलाई आग्रह गरे । उनले संघीय शिक्षा ऐन छिट्टै अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

बाग्मती प्रदेशसभा सदस्य एवम् नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले संघीय शिक्षा ऐन जारी गर्नका लागि पार्टी र आफ्नोतर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाल शिक्षक संघका बागमती प्रदेश अध्यक्ष नारायण तिमल्सिना, संघीय कार्यसमितिका उपमहासचिव वाङजुङ लामा, कांग्रेस नेता अच्युतप्रसाद पौडेल, पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी र नेपाल शिक्षक महासंघ काभ्रेका अध्यक्ष आश्विनप्रसाद चौलागाईँलगायतले शिक्षकले खेल्नुपर्ने भूमिकाको चर्चा गरे ।

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  २१:३२
Weather Update