News Griha :: न्यूजगृह
सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौं— सत्ता गठबन्धन दलका प्रमुख नेताहरूको बैठक बालुवाटारमा सुरु भएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघिबाट बैठक सुरु भएको हो ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ र नेता शक्तिबहादुर बस्नेत सहभागी छन् ।

यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र उपसभापति धनराज गुरुङ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसाल सहभागी छन् ।

त्यस्तै, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतको सहभागिता छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  १८:०३
Weather Update