News Griha :: न्यूजगृह
नक्कली भुटानी शरणार्थी प्रकरणमा मेरो कुनै संलग्नता छैन : खाण

काठमाडौं— नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणले नेपाली नक्कली शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएको विषयको खण्डन गरेका छन् । 

नेता खाणले शनिबार एक विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यममा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरण सम्बन्धी समाचारको खण्डन गरेको हुन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको र आफूमाथि भ्रामक समाचार आइरहेको समेत बताएका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्, 'आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भएको भन्दै जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्यौल उत्पन्न हुने र व्यक्तिगत चरित्र हत्या हुने हुँदा त्यस्ता समाचार सम्प्रेषित नगर्ने अनुरोध गर्दछु ।'

balkrishna-khand-statement1683356340.jpg

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  १२:४०
Weather Update