आइतबारदेखि संसद्को बजेट अधिवेशन सुरु हुँदै

काठमाडौं— संघीय संसद् अन्तर्गतका दुवै सदनको बैठक भोलि आइतबार देखी सुरु हुँदै छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार दुवै सदनको संयुक्त बैठक आव्हान गरेका हुन् ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्ने संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिए । आगामी १५ जेठमा आर्थिक वर्ष २०८०/२१ को वार्षिक बजेट तथा सो अघि आउने नीति तथा कार्यक्रमका बारेमा दुवै सदनका बैठकमा प्रारम्भिक छलफल हुनेछ ।
प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८० ०६:३५













