‘उपनिर्वाचनले हामीलाई दिएको म्यान्डेट नै सशक्त प्रतिपक्ष हो’
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अबका दिनमा पार्टी सङ्गठन विस्तार र रचनात्मक प्रतिपक्ष भएर अघि बढ्ने बताएका छन् ।
पार्टी मुख्यालय बसुन्धरामा शुक्रबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि सञ्चारकर्मीसँग बोल्नै सभापति लामिछानेले सो कुरा बताएका हुन् ।
सभापति लामिछानेले भने,‘हामीले जनभावना र जनमतको कदर गर्नुपर्ने हुन्छ । यस पटकको उपनिर्वाचनले हामीलाई दिएको म्यान्डेट नै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नु भन्ने थियो । अब त्यही अनुरुप अगाडि बढ्छौँ ।’
पार्टीको केन्द्रीय महाधिवेशनभन्दा अगाडि पार्टीका सांसदलाई केन्द्रीय समितिमा समावेश गरिने उनले बताए ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८० २१:१०













