News Griha :: न्यूजगृह
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक वैशाखभित्रै बस्ने तयारी

काठमाडौं— नेपाली कांग्रेसले वैशाख मसान्तभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउने विषयमा छलफल गरेको छ ।

सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा शुक्रबार बसेको पदाधिकारी बैठकमा वैशाख मसान्तभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउनेबारे छलफल भएको हो ।

बैठकपछि अर्थमन्त्रीसमेत रहेका प्रवक्ता डा.प्रकाशशरण महतले २८–२९ वैशाखतिर बैठक बोलाउने सम्भावना रहेको बताए । उनका अनुसार मिति भने तय हुन बाँकी छ ।

भ्रातृ संगठनलाई पूर्णता दिने, विभाग गठन गर्ने गृहकार्य सुरु भएको उनकाे भनाइ छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  २०:५२
Weather Update