News Griha :: न्यूजगृह
कांग्रेस केन्द्रीय कार्यसमिति सदस्यमा रिजाल मनोनीत

काठमाडौं— नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा डा.मिनेन्द्र रिजाललाई मनोनीत गरिएको छ ।

पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार शुक्रबार सभापति शेरबहादुर देउवाले पार्टी विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम रिजाललाई कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  १८:४९
Weather Update