जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक

काठमाडौं— जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाएको छ ।
बैठक २७ वैशाख बुधबार बस्ने गरी बोलाइएको केन्द्रीय प्रचार विभागले जनाएको छ । बैठक पार्टी कार्यालयमा बिहान ११ बजेबाट सुरु हुने छ ।
विधान अधिवेशन, सरकारमा सहभागितालगायत समसामयिक विषयमा निर्णय गर्न बैठक बोलाइएको हो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८० १८:४२













