News Griha :: न्यूजगृह
प्रधानमन्त्रीलाई विश्वासको मत दिन दश दल सकारात्मक
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दश दलीय बैठक । तस्बिर : रासस

काठमाडौं— नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्रीलाई विश्वासको मत दिन सत्ता साझेदार दश दलीय गठबन्धनका नेताहरू सकारात्मक रहेको बताएका छन् ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दश दलीय गठबन्धनको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनका अनुसार बैठकमा आइतबार संसद्मा पेस हुने संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक र संवैधानिक परिषद्सँग सम्बन्धित विधेयकमा छलफल भएको छ ।

‘६ गते प्रधानमन्त्रीले विश्वासको मत लिनेबारेमा छलफल भयो । भोलि संसद्मा पेस हुने संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक र संवैधानिक परिषद्सँग सम्बन्धित विधेयकका बारेमा पनि छलफल भयो,’उनले भने ।

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  १९:०९
Weather Update