News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
बालविकास शिक्षक केन्द्रीय समितिको बैठक चैत्र अन्तिममा बस्ने

काठमाडौं— बालविकास शिक्षक केन्द्रीय समितिको पहिलो बैठक यही चैत्र अन्तिम साता बस्ने तयारी गरिएको छ ।

गत फागुन २२ गते काठमाडौंमा सम्पन्न पाँचौं महाधिवेशबाट चयन पदाधिकारी तथा केन्द्रीय सदस्यको पहिलो बैठक चैत्र अन्तिम साता बस्ने तयारी गरेको अध्यक्ष कृष्ण कुमारी थापा मगरले न्यूजगृहलाई जानकारी दिइन् ।

Prabhu Bank

विद्यालयहरूमा वार्षिक परीक्षालगायतका कारणले केन्द्रीय समितिको बैठक छिट्टै बस्न नसकेको अध्यक्ष थापाको भनाइ छ ।

उनले बैठकभन्दा पनि बालबालिकाको भविष्य मुख्य भएको बताइन् । कृष्ण कुमारी थापा दोस्रो कार्यकालका लागि सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएकी थिइन् ।   

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  १८:४८
sagarmatha cementsagarmatha cement
Weather Update