News Griha :: न्यूजगृह
बस अनियन्त्रित भई पल्टिँदा सशस्त्र प्रहरी इन्स्पेक्टरको मृत्यु

काठमाडौं— सर्लाहीमा यात्रुबाहक बस अनियन्त्रित भई पल्टिँदा ड्युटीमा रहेका एक जना सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ ।

गएराति पौने ९ बजे बलरा नगरपालिका ९ स्थित बीओपी छतौनाको गेट अगाडि बस पल्टिँदा सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको ज्यान गएको हो ।

बसले थिच्दा गम्भीर घाइते भएका तुलाधरलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा चिकित्सकहरुले राति पौने १० बजे मृत घोषणा गरेका थिए ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  ०७:२१
Weather Update