सत्ता साझेदार दश दलको बैठक बालुवाटारमा सुरु

काठमाडौं— सत्ता साझेदार दश दलका शीर्ष नेताहरूको बैठक सुरु भएको छ ।
काठमाडौंको बालुवाटारस्थित प्रधानमन्त्री निवासमा दश दलको बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तयारी छ । सोमबार उनले विश्वासको मत लिँदैछन् ।
त्यसपछि नै मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी छ ।
प्रकाशित मिति: शनिबार, चैत ४, २०७९ १८:३६













