वडाध्यक्षको निधनमा सर्लाहीको बसबरिया गाउँपालिकामा शोक बिदा

सर्लाही— सर्लाहीको बसबरिया गाउँपालिका–३ का वडाध्यक्ष नन्दलाल महतोको ६९ वर्षको उमेरमा निधन भएको छ ।
क्यान्सरबाट पीडित उनको उपचारका क्रममा बुधबार राति भरतपुरस्थित बीपी कोइराला मेमोरियल अस्पतालमा निधन भएको हो ।
बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन रायका अनुसार महतोको आजै दाहसंस्कार गरिने छ । उनी नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए। बसबरिया गाउँपालिकाले आज गाउँपालिकामा शोक बिदा भएको जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१ ११:५३