News Griha :: न्यूजगृह
रास्वपालाई हर्क साम्पाङको सुझाव— सरकारमा गएर काम देखाऊ

काठमाडौं— धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकारमा गएर काम गरेर देखाउन सुझाव दिएका छन् ।

सरकारमा जाने नजानेबारे छलफल गर्न साँझ पाँच बने रास्वपाको बैठक बस्नुअघि मेयर साम्पाङले सरकारमा जान सुझाव दिएका हुन् ।

मेयर साम्पाङले फेसबुकमा लेखेका छन्,‘रास्वपा सरकारमा जानुपर्छ ! काम गर्नलाई हातमा कार्यकारी अधिकार हुनैपर्छ नत्र बहिरालाई सुनाउनु र ढुङ्गालाई सुनाउनु एउटै हो !

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  ०९:५०
Weather Update