News Griha :: न्यूजगृह
१ सय २६ यात्रु लिएर पोखरा आइपुग्यो सिचुवानको जहाज

पाेखरा—चीनको छेङ्दुबाट १ सय २६ यात्रु बोकेर सिचुवान एअरलाइन्सको जहाज शुक्रबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएको छ ।

पोखरामा सिचुवानको यो तेस्रो चार्टर उडान हो । फेवा तालमा पुस १४ र १५ मा हुने दोस्रो अन्तर्राष्ट्रिय ड्रागन बोट रेसमा सहभागी हुने १ सय २६ जनाको चिनियाँ टोलीलाई लिएर न्यारोबडी जहाज आएकाे हाे ।

पुस १७ (जनवरी १) मा पोखरा विमानस्थल उद्घाटन भएको दुई वर्ष पुग्दै छ । उक्त अवधिमा हालसम्म ७ वटा चार्टर्ड र ३ अन्य अन्तर्राष्ट्रिय उडान भएका छन् । यसअघि चीन, भुटान र भारतबाट चार्टर उडान भएका थिए ।

सन् २०२३ जनवरी १ मा विमानस्थल उद्घाटन हुँदा हिमालयन एअरलाइन्सको जहाजले काठमाडौंबाट अन्तर्राष्ट्रिय मापदण्डमा पोखरा उडान भरेको थियाे ।

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  ११:०१
Weather Update