News Griha :: न्यूजगृह
विद्यालय कर्मचारीलाई परिषद्ले भन्यो– शिक्षक महासंघको विरोध जुलुसमा सहभागी हुनू

काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले २९ वैशाखमा नेपाल शिक्षक महासंघको आयोजनामा हुने विरोध जुलुसमा सहभागी हुन सामुदायिक विद्यालयका कर्मचारीलाई आग्रह गरेको छ ।

शुक्रबार अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले जानकारी पत्र जारी गर्दै जुलुसमा सहभागी हुन आग्रह गरेका हुन् ।

नेपाल शिक्षक महासंघले सरकारलाई दबाबस्वरुप २९ वैशाख शुक्रबार माइतीघर मण्डलामा दिउँसो १ बजे पहिलो चरणको आन्दोलनअन्तर्गत विरोध जुलुस आयोजना गरेको छ ।  

bidhya1683256275.jpg

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  ०८:५५
Weather Update