
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको बैठक आज साँझ (२२ वैशाख) पाँच बजे बस्ने भएको छ । पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले शुक्रबार विहान न्यूजगृहलाई दिएको जानकारी अनुसार साँझ पाँच बजे केन्द्रीय र संसदीय दलको बैठक बस्न लागेको हो ।
उनले भने, ‘आज साँझ पाँच बजे केन्द्रीय समिति र संसदीय दलको बैठक एकैसाथ बस्दैछ । बैठकले सरकारलाई रास्वपाले दिएको समर्थन फिर्ता लिने नलिने टुंगो लगाउने छ ।’
बैठकअघि रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतसँग भेटवार्ता गरेका थिए ।
स्रोतका अनुसार रास्वपाका अधिकांश नेता तथा सांसदले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्नुपर्ने सुझाव नेतृत्वलाई दिएका छन् ।
यता सत्ता गठबन्धनमा आबद्ध नेताहरूले रास्वपालाई सरकारमा ल्याउनुपर्ने सुझाव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शीर्ष नेताहरूलाई दिएका छन् ।
यो पनि पढ्नुहोस














