News Griha :: न्यूजगृह
बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बस्दै

काठमाडौं— बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सत्तारुढ गठबन्धनको बैठक बस्दैछ ।

बैठकले सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटका बारेमा छलफल गर्नेछ । यसअघि बसेको सत्तारुढ दलको बैठकले सरकारको नीति तथा कार्यक्रम र बजेटका बारेमा प्रारम्भिक छलफल गरेको थियो ।

बैठक अपरान्ह बस्ने स्रोतले जनाएको छ । सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकारमा ल्याउने तयारी गरिरहेको छ । बैठकमा त्यसबारे पनि छलफल हुने बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  ०६:३८
Weather Update