मानवीय क्षति छैन
बाजुरा भूकम्प : १५ घर पूर्ण क्षति, १५० घर चर्कियो
काठमाडौं— बाजुरामा आज बिहान गएको भूकम्पबाट १५ घर पूर्णरूपमा क्षति भएको छ। बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यले अन्य १५० घरमा आंशिक क्षति भएको (चर्किएको) जानकारी दिए। उनकाअनुसार क्षतिको विवरण बढ्न सक्ने छ।
जिल्लाको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर आज बिहान ५ दशमलव २ रेक्टरको भूकम्प आएको थियो।
भूकम्पबाट मानवीय क्षति भने नभएको उनले बताए। उनले उक्त गाउँपालिकाको वडा नम्बर २, ३, ४ र ५ मा क्षतिभएको बताए।
अहिले सुरक्षाकर्मी परिचालन भएको र घर क्षति भएकाहरूलाई सुरक्षित स्थानमा लैजाने तथा त्रिपाल टेन्टको व्यवस्थापन लगायतका कार्य जारी रहेको पनि प्रजिअ पाध्यले बताए।
प्रकाशित मिति: शनिबार, पुस ६, २०८१ १९:०९