News Griha :: न्यूजगृह
वृद्धको हत्या गरी गरगहना र नगद लुटपाट

काठमाडौं— महोत्तरीमा डाँका समूहले घरमा पसेर एकजना वृद्धको हत्या गरेको छ। शनिबार बिहान करिब ४ बजे महोत्तरीको मनवरासिसवा नगरपालिका- ४ स्थित साढाका ७० वर्षीय सुशील झाको डाँका समूहले हत्या गरेको प्रहरीले जनाएको छ ।

 ७/८ जनाको समुहमा रहेको डाँका समूहले लुटपाट गर्दै झाको हत्या गरेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जैसवारले बताए।

 'सुन चाँदीको गरगहना र पैसा मागेपछि दिन इन्कार गर्दा हात/ मुक्काले हानेर  उनको हत्या भएको देखिन्छ । हामी घटनास्थलमै छौँ, अनुसन्धान हुँदै छ,' उनले भने ।

डाँकाले घरमा रहेको मङ्गलसूत्र र औँठी र नगद ८० हजार लुटेर लगेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  १०:५९
Weather Update