News Griha :: न्यूजगृह
पंकीपक्सबाट बच्न के गर्ने ?

काठमाडौं— नेपालमा एक जनामा ‘मंकीपक्स’ पुष्टि भएको छ । साउदी अरेबियाबाट फर्किएका एक नेपालीमा मंकिपक्स पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानएको छ ।

मंकिपक्स देखिएका ती बिरामीको टेकु अस्पतालमा उपचार भइरहेको छ । यसअघि गत असार १ गते एकजना विदेशी महिलालाई मंकीपक्स पुष्टि भएको थियो । नेपालीलाई मंकीपक्स देखिएको यो पहिलो घटना हो ।

नेपालमा मंकिपक्स पुष्टि भएपछि सरकारले सतर्कता अपनाउन सचेत गराएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै आवश्यक सावधानी अपनाउन भनेको हो । 

मन्त्रालयले मंकीपक्ससँग मिल्दो लक्षण भेटिए अस्पताल गएर चिकित्सकको सल्ला लिने र मन्त्रालयको हेलो स्वास्थ्य कल सेन्टर १११५ मा सम्पर्क गरी परामर्श लिन सूचित गरेको छ । साथै, यसको निदानका लागि हरेक प्रदेशमा अस्पतालबाट तोकसकेकोले त्यहाँ सम्पर्क गरी परामर्श लिन मन्त्रालयको विज्ञप्तिमा उल्लेछ ।

पंकीपक्सबाट बच्न के गर्ने ?

 

 संक्रमित व्यक्तिलाई घर वा अस्पतालमा आइसोलेसनमा राख्ने

– संक्रमित व्यक्तिको हेरचाह गर्नेले पूर्णरुपमा जनस्वास्थ्य मापदण्डहरू पालना गर्ने

– घाउसँग प्रत्यक्ष सम्पर्क हुने जोखिम भए पन्जा लगाउने,

नियमित रुपमा साबुनपानीले हात धुने वा स्यानीटाइजरको प्रयोग गर्ने

– संक्रमित व्यक्तिका लुगा तथा सामानहरू तातो पानी साबुन र डिटर्जेन्टले धुने

– मंकीपक्सको पुष्टि भइ मरेका जनावरको सम्पर्कमा नजाने, – संक्रमितको सम्पर्कमा आएका व्यक्तिले परीक्षण गर्ने

– संक्रमितको सम्पर्कमा आएको सतहस्थान वा कोठा डिटर्जेन्टले निसंक्रमण गर्ने

– मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने

– फोहोरलाई उचित स्थानमा व्यवस्थापन गर्ने कार्य गर्ने

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  ०८:५३
Weather Update