News Griha :: न्यूजगृह
प्रचण्डलाई पदाधिकारीहरूको सुझाव– भुटानी शरणार्थी प्रकरणमा राजनीतिक पूर्वाग्रह नदेखियोस्

काठमाडौं— नेकपा माओवादी केन्द्रको बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा सरकारको कामको प्रशंसा भएको छ ।

बैठकमा माओवादी पदाधिकारीहरूले विशेष गरी सरकारले नेपालीलाई भुटानी शरर्णार्थी बनाएर अमेरिका पठाएको विषयमा देखाएको सक्रियताको प्रशंसा गरे । उनीहरूले उक्त कार्यको अनुसन्धानमा राजनीतिक पूर्वाग्रह नराखी दोषी नउम्किने गरी अनुसन्धान हुनुपर्ने सुझाव दिए ।

बैठकमा सहभागी सचिव देवेन्द्र पौडेलले भने,‘पदाधिकारीहरूले नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणविरूद्ध सरकार कठोर भएकामा सबैले प्रशंसा गर्नुभयो । राजनीतिक पूर्वाग्रह नदेखियोस्, दोषी नउम्किने गरी अनुसन्धान हुनुपर्छ भन्ने नै राय थियो ।’

पदाधिकारीहरूलाई जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासनको सवालमा खरो उत्रिने बताएको पौडेलले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  २१:२३
Weather Update