News Griha :: न्यूजगृह
अख्तियारले भन्यो— एआईजी श्यामलाल ज्ञवाली दोषी देखिएनन् 

काठमाडौंप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सफाइ पाएका छन्।

शैक्षिक प्रमाणपत्र र नागरिकताको जन्म मिति सच्याएर सेवा प्रवेश गरेको भन्दै परेको उजुरीमाथि करिब एक महिना लामो छानबिनपछि कुनै कैफियत नदेखिएको ठहर अख्तियारले गरेको हो। ज्ञवाली काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख छन् ।

अख्तियारले अहिलेलाई कुनै कैफियत नदेखिएको निष्कर्षसहित पछि प्रमाण फेला परेमा कानुन बमोजिम हुने गरी उक्त उजुरीलाई तामेलीमा राखेको हो।

गत १० चैतमा बसन्तबहादुर कुँवर आईजीपीमा बुडुवा हुँदा ज्ञवाली पनि सोही पदको लागि दौडमा थिए। 

aig-shyamlal-gyali_tRVVtrAf7s1683213953.jpg

 

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  २१:०८
Weather Update