प्राविमा १ लाख १२ हजारको आवेदन

काठमाडौं— शिक्षक सेवा आयोगले गत ९ चैतमा प्राथमिक तहको खुला प्रतियोगितात्मक परीक्षामा सहभागी हुनका लागि आह्वान गरेकोमा १ लाख १२ हजार ८५ जनाले आवेदन दिएका छन् ।
आयोगको भनाइमा दोब्बर दस्तुर तिरी १५ वैशाखसम्ममा १ लाख १२ हजार ८५ जनाले आवेदन दिएका हुन् ।
आयोगले आगामी २० जेठ १ बजे सञ्चालन गरिने विषयगत सामान्य परीक्षामा सहभागी हुनका लागि प्रवेशपत्र प्रिन्ट गर्न सक्ने सूचना पनि जारी गरेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८० १९:२८













