देउवाको कार्यशैलीमाथि नेताहरूको प्रश्न

काठमाडौं— नेपाली कांग्रेसका नेताहरूले सभापति शेरबहादुर देउवाको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।
बुधबार बसेको पदाधिकारी बैठकमा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा, सहमहामन्त्री जीवन परियारले विधानसम्मत रूपमा सभापति देउवा नचलेको भन्दै प्रश्न खडा गरेका हुन् ।
उनीहरूले केन्द्रीय समितिले अझै पूर्णता नपाएको, विभागहरूको गठन नगरेको, भ्रातृ संस्थालाई पूर्णता नदिएको जस्ता विषय उठाएर प्रश्न गरे ।
त्यसैगरी उनीहरूले मन्त्रिपरिषद् विस्तारमा पनि असन्तुष्टि व्यक्त गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८० १८:२८













