News Griha :: न्यूजगृह
गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत
फाइल तस्बिर ।

काठमाडौं— गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । 

बिहीबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री पाण्डेले आफूलाई विश्वासको मत दिइयोस् भन्ने राखेको प्रस्तावको पक्षमा बहुमत परेको हो । 

पाण्डेको पक्षमा ३५ मत पर्दा विपक्षमा २२ र तटस्थ २ मत परेको प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले जानकारी दिए । 

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १७:११
Weather Update