News Griha :: न्यूजगृह
सुदूर पहाडमा हिमपात, जनजीवन प्रभावित
डोटीको बडिकेदार गाउँपालिकामा हिउदे वर्षासँगै हिमपात भएपछि सेताम्मे देखिएका क्षेत्र । तस्बिर : चक्र मल्ल / रासस

बैतडी— वर्षासँगै बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात भएको छ। जिल्लाको ग्वाल्लेक खोड्पे, अनारखाली, ढोल्यामोड, सिगास, मेलौलीलगायतका उच्च लेकाली स्थानमा हिमपात भएको हो।

उच्च लेकाली क्षेत्रमा वर्षासँगै हिमपात भएको बैतडीका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए। बैतडीसँगै, डडेल्धुरा, डोटीलगायतका पहाडी जिल्लाका उच्च लेकाली भेगमा हिमपात भएको छ।

doti_himpat-(1)-1733723995.jpg
डोटीको बडिकेदार गाउँपालिकामा हिउदे वर्षासँगै हिमपात भएपछि सेताम्मे देखिएका बस्ती ।

हिमपात र वर्षाका कारण चिसो बढेको छ। चिसोका कारण जनजीवन पनि प्रभावित हुँदै गएको छ। दैनिक ज्यालामजदुरी गर्ने मजदुर, बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन्।

वर्षा र हिमपात भएपछि किसान भने हर्षित भएका छन्। खडेरीका कारण हिउँदेबाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने भएको खुशियाली छाएको हो।

himpat_humla_1-1733710429.jpg
हुम्लामा आइतबार रातिदेखि हिमपात भएसँगै सोबार बिहान सेताम्ये देखिएको हुम्ला सदरमुकमा सिमकोटका बस्ती । यो वर्ष ढिलो गरि हुम्लामा हिमपात भएको छ । तस्बिर : दाने बोहरा / रासस

 

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  ११:४४
Weather Update