नक्कली भुटानी शरणार्थीमा विष्णु रिमालको टिप्पणीः कानुन भन्दा माथि कोही हुँदैन

काठमाडौं— नेकपा एमाले उपमहासचिव विष्णु रिमालले भुटानी शरणार्थी मुद्दाका दोषीहरूलाई उन्मुक्ति पाउन नहुने नहुने बताएका छन ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजानका लागि किर्ते कार्य गरेको भन्दै एमाले सचिव टोपबहादुर रायमाझी पनि संलग्न भइरहेको खबर बाहिर आएको बेला रिमालको यस्तो टिप्पणी आएको हो । ‘भुटानी शरणार्थी प्रकरणमा होस् वा अन्य कुनै, कानुनभन्दा माथि कोही हुँदैनन् ।
उन्मुक्ति कसैलाई पनि हुनुहुन्न। निर्दोष नफसुन, कोही दोषी नउम्किऊन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘छानबिना हुनुपर्छ, छानबिनमा सबैले सहयोग गर्नुपर्छ। यस्ता घटनालाई राजनीतिकरण गर्नुहुन्न। कानुनको पालना सबैले गर्नुपर्छ।’
प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८० १४:५६













