News Griha :: न्यूजगृह
एमालेले बोलायो सचिवालय बैठक
फाइल तस्बिर।

काठमाडौं — नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। केन्द्रीय कार्यालय सचिवा डा भीष्म अधिकारीका अनुसार मंसिर २५ गते सचिवालय बैठक बोलाइएको हो।

‘प्रधानमन्त्रीको चीन भ्रमणको बिफ्रिङ, उपनिर्वाचनको समीक्षा र अरु राजनीतिक विषयमा छलफल हुन्छ,’ उनले भने।

नेपाली कांग्रेसले पनि मंसिर २४ गते नै केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।  बैठकमा प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा भएको बीआरआई फ्रेमवर्क सम्झौताबारे विशेष छलफल हुनेछ। सोही बैठकबाट त्यसबारेमा पार्टीको आधिकारिक धारणा तय गरिने नेताहरुले बताएका छन्।

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १८:२१
Weather Update