राज्याभिषेक समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री साउद बेलायत प्रस्थान

काठमाडौं— बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री एनपी साउद त्यसतर्फ प्रस्थान गरेका छन् । उनी बिहीबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।
लण्डनमा रहँदा मन्त्री साउदले वेस्टमिन्स्टरएब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिङ्घम दरबारमा हुने स्वागत समारोहमा सहभागी हुने मन्त्रालयले जनाएको हो ।
मन्त्री साउद अन्य औपचारिक कार्यक्रम पनि सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री साउद यही २६ वैशाखमा स्वदेश फर्कने छन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८० १४:२२













