News Griha :: न्यूजगृह
कांग्रेसले बोलायो केन्द्रीय कार्य सम्पादन समिति बैठक

काठमाडौं— नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।

प्रधानमन्त्री पुषपकमल दाहाल 'प्रचण्ड'को विश्वासको मतबारे छलफल गर्न आइतबार केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्षप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार बैठक आइतबार बिहान साढे १० बजे बस्ने तय भएको छ । आइतबार नै कांग्रेसले संसदीय दलको बैठक पनि बोलाएको छ । बैठक मध्याह्न १२ बजे बोलाइएको छ ।

प्रधानमन्त्री प्रचण्डले सोमबार विश्वासको मत लिँदैछन् ।   

meeting will be held on chaitra 51679128501.jpg

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  १४:१६
Weather Update