कीर्तिपुरको मेयर पदमा कांग्रेस जिततर्फ, एमालेलाई माओवादीले उछिन्यो

काठमाडौं — कीर्तिपुर नगरपालिकामा नेकपा माओवादी केन्द्रले नेकपा एमालेलाई पछि पारेको छ। नेकपा एमालेका उम्मेदवार डा. सुरेन्द्र मानन्धरलाई पछि पार्दै माओवादी उम्मेदवार प्रा.डा शिवशरण महर्जन अघि लागेका हुन्।
निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार एमालेका मानन्धरले ३ हजार ९ सय ९७ मत प्राप्त गरेका छन् भने माओवादीका महर्जनले ४ हजार १ सय १९ मत प्राप्त गरेका छन्।
नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल भने ५ हजार ६९ मतसहित अग्रता कायम राखेका छन्[। यहाँ यसअघि एमालेका मानन्धर महर्जनभन्दा अघि थिए।
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१ २१:०७













