News Griha :: न्यूजगृह
कीर्तिपुरको मतगणना अन्तिम चरणमा, एउटा वडा गन्न बाँकी हुँदा कसको कति?

काठमाडौं —  कीर्तिपुर नगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार १० मध्ये ९ वटा वडाको गणना सकिएको छ।

अहिले वडा नम्बर १० को गणना भइरहेको छ।

निर्वाचन अधिकृत कार्कीले दिएको विवरण अनुसार नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले ४ हजार ७ सय ६८ मत प्राप्त गरेका छन्।

उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार सुरेन्द्र मानन्धरले ३ हजार ६ सय ६६ मत प्राप्त गरेका छन्।

त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रा.डा शिवशरण महर्जनले ३ हजार ३ सय २७ मत प्राप्त गरेका छन्।

कीर्तिपुरको उपचनुवलाई दलहरूले प्रतिष्ठाको विषय बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए।
 

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  २०:३५
Weather Update