पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी बुढा निर्वाचित

रूकुम पूर्व — पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी नरपुरा बुढा निर्वाचित भएकी छन् ।
निर्वाचन आयोगका अनुसार ५९३१ मत खसेकोमा ३ हजार ६२७ मत प्राप्त गर्दै पुथाउत्तरगंगा उपाध्यक्षमा माओवादीकी बुढा निर्वाचित भएकी हुन् ।
केशकुमारी तुलाचनले २ हजार १२८ मत ल्याएको सहायक निर्वाचन अधिकृत इश्वरीप्रसाद सुवेदीले बताए । यहाँ १७९ मत बदर भएको छ ।
नेकपा एमालेकी तुलाचन कांग्रेसको चुनाव चिह्न लिएर चुनाव लडेकी हुन् । यहाँ कांग्रेस र एमालेबीच गठबन्धन भएको थियो भने माओवादीलाई एकीकृत समाजवादीले समर्थन गरेको थियो ।
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१ १५:२९