भारतीय गुन्डा नाइके विश्नोईको नाममा धम्क्याएको आरोपमा एक जना पक्राउ
काठमाडौं — भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा एक जना पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले एक जनालाई पक्राउ गरेको हो। सीआईबी स्रोतले पक्राउ गरेको पुष्टि गरे पनि ती व्यक्ति नाम भने सार्वजनिक गरेको छैन।
‘एक जनालाई नियन्त्रणमा लिएका छौं। थप बुझ्ने काम भइरहेकाले अहिले परिचय खुलाउन मिल्दैन’ सीआईबी स्रातले भन्यो।
केही समयअघि विश्वनोईको नाम लिएर धम्की दिइएको भन्दै सीआईबीमा चार व्यवसायीहरूले उजुरी दिएका थिए। भारत र दुबईका नम्बरबाट फोन गर्दै धम्की आएको व्यवसायीको भनाइ थियो।
त्यसपछि सीआईबीले अनुसन्धान अघि बढाएको थियो।
प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१ १२:४०