News Griha :: न्यूजगृह
ट्याक्टर पल्टिँदा चालकको मृत्यु 

सर्लाही — सर्लाहीको अचलगढमा मंगलबार बिहान खेत जोतिरहेको ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ।

बलरा नगरपालिका-९ अचलगढमा आफ्नै खेत जोतिरहेको अनटेष्ट ट्याक्टर अनियन्त्रित भई पल्टिँदा चालक ४० वर्षीय रुसतम साहको चेपिएर मृत्यु भएको हो।

ट्याक्टरमा चेपिएका साहलाई स्थानीयले उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र अचलगढ ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  १४:५३
Weather Update