News Griha :: न्यूजगृह
दुर्गा प्रसाईंलाई लगियो सर्वोच्च अदालत

काठमाडौं — मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालत लगिएको छ। साइबर अपराधको कसूरमा पक्राउ परेका प्रसाईंलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै छोरा निराजनले गत शुक्रबार बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भनी प्रसाईंले बोलेको भिडिओ सार्वजनिक भएपछि मंसिर ४ मा प्रहरीले उनलाई पक्राउ गरेको थियो।

सर्वोच्चमा अहिले उनको बयान चलिरहेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  १४:४२
Weather Update