अदालत परिसरमै विष सेवन गर्न लागेपछि महिला पक्राउ
काठमाडौं — पाटन उच्च अदालत परिसरमै विष सेवन गर्न लागेपछि एक महिला पक्राउ परेकी छन्। बुधबार पाटन उच्च अदालत परिसरमा विष सेवन गर्न लागेपछि बझाङ घर भएकी रस्मिला धामी पक्राउ परेकी हुन्।
धामीमाथि आपराधिक लाभ (एक्सटर्सन) कसुरको उजुरी परेको प्रहरीले जनाएको छ।
‘अदालतको गेटमा न्याय दे भनेर विष सेवन गरे जसरी ढलेको देखेपछि प्रहरीले तत्काल उद्धार गरेर अल्का अस्पताल लगेको छ,’ उपत्यका प्रहरी कार्यालय प्रमुख सानुराम भट्टराईले भने, ‘अब वीर अस्पताल लैजाने तयारी छ।’
वीर अस्पताल लगेपछि उजुरीबारे अनुसन्धान हुने प्रहरीले जनाएको छ।
प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१ १२:४६