News Griha :: न्यूजगृह
भारतद्वारा पहिलोपटक हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण

काठमाडौं— आणविक शक्ति सम्पन्न राष्ट्र भारतले पहिलोपटक हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको छ। प्रतिद्वन्द्वी चीनले आफ्नो नवीनतम सैन्य उड्डयन शक्ति प्रदर्शन गरेको केही दिनपछि भारतले उच्च प्रविधियुक्त शक्तिशाली हतियार परीक्षण गरेको हो।

नयाँ प्रविधिमा आधारित हाइपरसोनिक्स क्षेप्यास्त्र जमिनदेखि कम दूरीमा उड्ने भएकाले बलिस्टिक क्षेप्यास्त्रको तुलनामा प्रहार गरेको पत्ता लगाउन कठिन हुन्छ। त्यसका साथै, हाइपरसोनिक क्षेप्यास्त्रहरू लक्षित गरिएको स्थानसम्म छिटो पुग्न सक्छन् र मध्य उडानमा नै लक्ष्य परिवर्तन गर्न आदेश दिन सकिन्छ।

यसअघि अमेरिका, रुस, चीन र उत्तर कोरियासले हाइपरसोनिक क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरिसकेका छन्। अन्य केही देशले पनि यो प्रविधि विकसित गरिरहेका छन्।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारतले नयाँ सफलताका हासिल गरेको जनाउँदै यसमा योगदान पुर्‍याउने टोलीको प्रशंसा गरेका छन्। 'भारतले लामो दूरीको हाइपरसोनिक क्षेप्यास्त्रको सफलतापूर्वक उडान परीक्षण गरेर ठूलो कोसेढुंगा हासिल गरेको छ,' सिंहले विज्ञप्तिमा भनेका छन्।

भारतले परीक्षण गरेको हाइपरसोनिक क्षेप्यास्त्र शनिबार पूर्वी तटको अब्दुल कलाम टापुमा खसेको भारतको डिफेन्स रिसर्च एन्ड डेभलपमेन्ट अर्गनाइजेसन (डीआरडीओ) ले सार्वजनिक गरेको श्रव्यदृश्यमा देखिन्छ। 'यो ऐतिहासिक क्षण हो र यस्ता उपलब्धिले हाम्रो देशलाई यस्ता महत्वपूर्ण र उन्नत सैन्य प्रविधिको क्षमता भएका राष्ट्रहरूको समूहमा राखेको छ,' सिंहले भनेका छन्।

छिमेकी प्रतिद्वन्द्वी चीनले ‘जे–३५ए' लडाकू विमान र आक्रमणमणका लागि प्रयोग हुने गरिने अत्याधुनिक ड्रोनको प्रदर्शनसहित विस्तारित उड्डयन क्षमता प्रदर्शन गरेको केही दिनपछि भारतले हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको हो। चीनको प्रदर्शनमा बलिस्टिक क्षेप्यास्त्र र हाइपरसोनिक 'ग्लाइड' क्षेप्यासत्र रोक्न बनाइएको 'एचक्यू-ज१९' क्षेप्यास्त्र प्रणाली समावेश गरिएको थियो।

नयाँ दिल्लीले हालैका वर्षहरूमा अमेरिका, जापान र अष्ट्रेलियासँग 'क्वाड' गठबन्धनसहित पश्चिमी देशहरूसँग रक्षा सहयोगलाई गहिरो बनाएको छ। अर्बौं डलरको सम्झौतालाई लिएर अमेरिकी प्रतिबन्धको चेतावनीका बावजुद रुसले 'एस–४००' क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलगायत रूसी सैन्य सामग्रीको पनि भारत प्रमुख क्रेता हो।

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १६:३२
Weather Update