कीर्तिपुरको मेयर र वडाध्यक्ष पदमा एमाले उम्मेदवारले गरे मनोनयन दर्ता
काठमाडौं— कीर्तिपुर नगरपालिकाको मेयर र वडाध्यक्ष पदका लागि नेकपा एमालेले उम्मेदवारी दर्ता गरेको छ। आइतबार मध्यान्ह एमालेका तर्फबाट सुरेन्द्र मानन्धरले मेयर पदका लागि उम्मेदवारी दर्ता गरेका हुन्।
वडा नम्बर १ को वडाध्यक्षका लागि हर्ष महर्जन र वडा नम्बर ४ का लागि बद्री बुढाथोकीले उम्मेदवारी दर्ता गरेका हुन्।
मंसिर १६ गते यहाँ उपनिर्वाचन हुँदैछ।
उक्त उपनिर्वाचनका लागि आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यक्रम छ।
प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१ १३:००