News Griha :: न्यूजगृह
रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगियो

बुटवल— बुटवलको सुप्रिम सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगिएको छ।

बयानका लागि गत मंगलबार कास्कीबाट जहाजबाट भैरहवा ल्याइएका सभापति लामिछानेको बयान हिजो साँझ अबेर सकिएको थियो।

लामिछानेलाई आज बिहानै ७ बजेर ४५ मिनेटको बुद्ध यअरको विमानबाट कास्की लगिने तयारी भए पनि एअरपोर्ट नखुलेका कारण यति एअरलाइन्सको विमानबाट साढे एक बजे पोखरा पठाइएको रुपन्देही प्रहरीले जनाएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १४:३९
Weather Update