जुवा तास खेलिरहेका ७ जना पोखराबाट पक्राउ
काठमाडौं— जिल्ला प्रहरी कार्यालय कास्कीले जुवा तास खेलिरहेको अवस्थामा पोखरा महानगरपालिका–१६ अमरदीपबाट ७ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माका अनुसार गौमाया गुरुङको घरबाट उनीहरूलाई १ लाख १२ हजार ९० रुपैयाँसहित पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१६ का ४० वर्षीय कृष्ण गुरुङ, ४५ वर्षीया गौमाया गुरुङ, ३८ वर्षीया जुनिता भट्टचन, वडा नं ८ सिमलचौरका ६४ वर्षीय गौमान गुरुङ, ४८ वर्षीया रूपा गुरुङ, वडा नं १३ पाटनबेशीका ४० वर्षीय हेमराज गुरुङ र वडा नं २७ अर्घौचोकका ४६ वर्षीय बुद्धि बहादुर गुरुङ छन्।
उनीहरुविरुद्ध जिल्ला प्रशासन कार्यालय कास्कीबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१ १३:२१