रूपन्देहीमा बयानपछि रवि लामिछानेले भने– ‘खोरमा थुनिँदैमा बाघ स्याल हुँदैन’
काठमाडौं— सहकारीको रकम अपचलन अभियोगमा अनुसन्धानका लागि भैरहवा लगिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान बुधबार पनि लिइने भएको छ।
लामिछानेसँग मङ्गलबार करिब ५ घण्टा बयान लिएपनि नसकिएपछि बुधबार पुनः लिइने भएको हो।
सहकारीको रकम अपचलन, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धिकरणको मुद्दामा पक्राउ परेका लामिछानेलाई पोखराबाट मङ्गलबार दिउँसो भैरहवा लगेर सरकारी वकिलको कार्यालयमा बयान लिइएको थियो।
पहिलो दिनको बयान सकेर निस्कने क्रममा लामिछानेले बाघलाई खोरमा थुन्दैमा स्याल नहुने बताएका छन्।
‘बाघलाई खोरमा थुन्दैमा स्याल हुँदैन,’ समर्थकलाई हात हल्लाउँदै लामिछानेले भने।
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१ १९:३२