News Griha :: न्यूजगृह
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं— सरकारले स्वास्थ्य बीमा बोर्डका अध्यक्ष गुणराज लोहनीको राजीनामा स्वीकृत गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लोहनीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जानकारी दिए।

उनका अनुसार अध्यक्ष लोहनीले आफू बिरामी भएर काम गर्न नसक्ने अवस्थामा रहेको व्यहोरासहित पदबाट राजीनामा दिएका थिए।

मन्त्रिपरिषद् बैठकले भन्सार महशुल नियमावली, २०८१ र राहदानी (दोस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गरेको छ भने अछामको साँफेबगर नगरपालिका ६ मा जग्गा एकीकरण आयोजना संचालन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १७:४६
Weather Update