डाटा हराएपछि लोकसेवा आयोगद्वारा पुनः दरखास्त आह्वान

काठमाडौं— लोकसेवा आयोगले ‘हराएको’ डाटा रिकभर हुने या नहुने यकिन नभएको भन्दै केही विज्ञापनमा मंगलबार (२० वैशाख) पुनः दरखास्त आह्वान गरेको छ ।
यसअघि दरखास्त दिइसकेकाका लागि आयोगले पुनः आवेदन दिन आग्रह गरेको हो ।
आयोगको भनाइमा डाटा रिकभरी अनिश्चित रहेकाले जेठ महिनादेखि सञ्चालन हुने गरी तोकिएका परीक्षा कार्यक्रम समयमै सम्पन्न हुन नसके आयोगको कार्यतालिका प्रभावित हुनेछ ।
हेर्नुहोस् गोरखापत्रमा प्रकाशित सूचना




प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८० ०८:५८













