प्रधानमन्त्री ओलीले बहिनीबाट लगाए टीका
काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरू विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट शुभसाइतमा टीका लगाएका छन्।
प्रधानमन्त्री ओलीले आज बालुवाटारस्थित सरकारी निवासमा बहिनीहरूबाट भाइटीका लगाएको प्रधानमन्त्री ओलीको स्वकीय सचिवालयले जनाएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत आज बिहान ११:३७ बजेका लागि निर्धारण गरेको थियो। उत्तम साइतपछि पनि दिनभर टीका लगाउन सकिने समितिले जनाएको छ।
यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने परम्परा छ।
प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०८१ १४:५२