राष्ट्रपति पौडेलले लगाए बहिनीहरूबाट टीका
काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट टीका ग्रहण गरेका छन्। उनले शुभसाइत मै विधिपूर्वक तिहारको टीका लगाएका हुन्।
राष्ट्रपति पौडेललाई बहिनीहरूले राष्ट्रपति भवनमा टीका लगाइदिएका हुन्।
यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने प्रचलन छ।
प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०८१ १३:२१