News Griha :: न्यूजगृह
थाइ एअर एसियाले थाल्यो भैरहवा–बैंङ्कक उडान

काठमाडौं— थाइ एअर एसियाले गौतमबुद्ध विमानस्थल भैरहवाबाट बैंङ्कक–भैरहवा–बैंङ्कक उडान आज आइतबारबाट सुरु गरेको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार थाइ एअर एसियाले भैरहवाबाट साताको २ दिन उडान गर्नेछ।

अब ८ नोभम्बर (मंसिर २३) मा अर्को उडान हुने विमानस्थलका प्रवक्ता विनोद राउतले जानकारी दिए। राउतका अनुसार बिहान ७ बजे विमानस्थलमा अवतरण गरेको र बिहान ७:४० बजे बैंङ्कक प्रस्थान गरी सकेको छ। विमानमा चालक दलका ७ सदस्यहरू मात्रै आएका थिए।

यो तालिका अनुसारकै उडान हो। थाइ एअर एसियाको केही दिन अघि मात्रै भैरहवा र पुनः उडान काठमाडौंमा सुरु गर्न अनुमति पाए लगत्तै उडान सुरु भएकोले टिकट बिक्री लगायत बजार प्रवर्द्धनको काम हुन नपाएको राउतले बताए।

भैरहवाबाट बैंङ्ककतर्फ एकतर्फी सुरुवाती भाडादर १२ हजार रुपैयाँ रहेको छ। एअर एसियाको यो विमान बिहान ७:४० बजे बैंङ्कक प्रस्थान गरिसकेको छ। योसँगै नोभेम्बर ९ बाट जजिरा एअरले पनि साताको २ दिन उडान गर्ने तयारी गरेको प्रवक्ता राउतले बताए। विगतमा पनि उडान भएर रोकिएकाले यहाँका पर्यटन व्यवसायीले नियमित उडान हुनुपर्ने माग राखेका छन्। 

प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०८१  ०९:३९
Weather Update