News Griha :: न्यूजगृह
भोलि भाइटीकाको दिन यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं— तिहारको अन्तिम दिन भोलि भाइटीका मनाइँदैछ। भोलि पहाडी क्षेत्रमा वर्षाको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार साँझ मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले भोलि दिउँसो कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका केही स्थान, गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

भोलि राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

शनिबार राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०८१  १९:३१
Weather Update